वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते
सुर्खेत | जेठ ७, २०८१
सुर्खेत: दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार मृतकको पहिचान हुन सकेको छैन। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस सोमबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको उनले जानकारी दिए। दुर्घटनामा १९ जना घाइते भएका छन्।
उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइते १७ जनाको कर्णाली केयर हस्पिटल र २ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख खड्काले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

